काठमाडौं- नेपाल सितोरियो कराँते संघको बार्षिक कार्यक्रम अनुसार नक्साल शाखाले यहि जेठ १३ गतेबाट अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आयोजना गर्ने भएको छ।
शाखाको २३औं बार्षिकोत्सवको अवशरमा आठौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुन लागेका आयोजकले जानकारी दिएको हो। नेपाल कराते महासंघको तत्वाधनमा हुने प्रतियोगितामा प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत ,पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाउने भएका छन्।
प्रतियोगितामा पुरुषतर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा २५, ३०, ३३, ३५, ४०, ४५ र सिनियर तर्फ ५०, ५५, ६०, ६७ ७५, ८४ र ८४ किलोमा
प्रतिस्पर्धा हुने भएको छ।
त्यस्तै, एकलकाता र महिला तर्फ जुनियर तथा क्याडेट २५, ३०,३३, ३५, ४०, ४५ किलो र महिला सिनियर तर्फ ५०, ५५, ६१, ६७, ६८ किलोतौल समुह गरी कुल २६ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुरखपाङ्गी 'ईश्वर' ले जानकारी गराएका छन्।
बिगत लामो समय देखि कोरोना भाईरसका कारण प्रतियोगित हुन सकेनन्। सुस्त भएको कराते प्रतियोगिता र समग्र कराते कर्मीहरुलाई यस प्रतियोगिताले 'पुनर्ताजगी बनाउने आशा गरेको छु,' कार्यक्रम संयोजक खपाङ्गीले भने।
संघको शाखा डोजो नक्सालले २२ बर्षे यात्रा पुरा गर्दै २२ वटा बिभिन्न प्रतियोगिता सम्पन्न गरिसकेको छ। नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्धारा आयोजित यो समग्रमा २३औं कार्यक्रम हो।
तीन दिनसम्म निरन्तर चल्ने प्रतियोगिताका खेलहरु काठमाडौं त्रिपुरेश्वर स्थित, दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुनेछ।