बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संसार छाड्ने म्यासेज लेखेर हराएका युवक फेला
भर्खरै

संसार छाड्ने म्यासेज लेखेर हराएका युवक फेला

  • pranil मङ्लबार, जेष्ठ १०, २०७९ | May 24, 2022

काठमाडौँ — ललितपुरको सातदोबाटोबाट आइतबार साँझदेखि बेपत्ता युवक भैँसेपाटीमा फेला परेका छन् । ब्राइट फ्युचर क्याम्पसमा बिबिएस चौंथो वर्षमा अध्ययनरत सरोज माबो लिम्बु भैँसेपाटीमा अर्धचेत अवस्थामा भेटिएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिबिक्रम शाहले जानकारी दिए ।

आइतबार साँझ लिम्बुले क्याम्पसको ग्रुप म्यासेजमा लेखे– ‘संसारबाट बिदा लिने समय भयो । साथीहरु, तिमिहरुसँग कुरा गर्ने मन हुँदाहुँदै पनि जानुपर्ने कस्तो है यो समय साँझ ८ बजेर ५० मिनेटमा म्यासेन्जरमा लिम्बुले यस्तो लेखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए । भैँसेपाटीस्थित पिपलबोटमा भेटिएका

लिम्बुले विष पिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

मुसा मार्ने विष खाएको अवस्थामा प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि पाटन अस्पतालमा पठाएको छ । उनी परिवार र साथीभाईसँग छुट्टिएर फर्पिङको जंगल हुँदै भैंसेपाटीमा पुगेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय