बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • माओवादी केन्द्रका उम्मेदवारलाई भोट हालेको भन्दै छिमेकी कुट्ने पक्राउ
Uncategorized

माओवादी केन्द्रका उम्मेदवारलाई भोट हालेको भन्दै छिमेकी कुट्ने पक्राउ

  • pranil मङ्लबार, जेष्ठ १०, २०७९ | May 24, 2022

काठमाडौँ — स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई भोट हालेको भन्दै दार्मा गाउँपालिका–२ सिलिङ्गी निवासी युवा व्यवसायी तिलक ओलीलाई निर्घात रुपमा कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २५ वर्षीय चोपलाल ओली र २१ वर्षीया सुरेन्द्र रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवैलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । कुटपिटमा संलग्न निश्चल ओली र चिनबहादुर रोकाय फरार रहेका उनले जानकारी गराए । यही वैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि

चार युवाले ओलीलाई केही दिन कुटपिट गरेका थिए । उनका अनुसार दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ । उनीहरुलाई कुटपिटको आरोपमा सार्वजनिक मुद्दा लागेको छ । फरार रहेका दुई जनाको खोजी भइरहेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय