काठमाडौं, चन्दागिरि स्थानीय निर्वाचन सम्पन्न लगत्तै नगर प्रमुख घनश्याम गिरीज्युद्वारा चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटमा नव निर्मित भवनमा सुबिधा सम्पन्न आकस्मिक सेवा (इमर्जेन्सी सेवा) को उद्घाटन गर्नुभयो। नगर प्रमुखज्युले उक्त सुबिधा सम्पन्न आकस्मिक सेवा २४ सै घण्टा छिटो छरितो रूपमा प्रदान गर्न ब्यबस्था मिलाइएको कुरा जानकारी गराउनु भयो। उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलज्यु, च न पा ४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गीज्युका साथै अन्य जनप्रतिनिधि तथा अस्पतालका चिकित्सक तथा कर्मचारीको उपस्थिति रहेको थियो।
size-medium wp-image-26098" />