शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पोखे
समाचार

राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पोखे

  • सिधा दृष्टी सोमवार, जेष्ठ ९, २०७९ | May 23, 2022

काठमाडौँ —राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पोखेका छन् । स्थानीय तह निर्वाचनमा राप्रपा नेपालसँग भएको सहमति एमालेले पालना नगरेको थापाको ठहर छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमालेको उदासीनताको कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन नसकेको बताएका हुन् । ‘

चुनावमा हामीले नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय गर्यौँ । व्यवहारिक र रणनीतिकरुपमा ठीक भएता पनि नेकपा एमालेको उदासीनताका कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी

हुन सकेन’, थापाको प्रतिवेदनमा भनिएको छ, ‘यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ ।’स्थानीय तहको निर्वाचनमा पार्टीको कुनै महत्वाकांक्षा र अपेक्षा नरहेको पनि थापाको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय