बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एक युवतीले ७ वर्षअघि आफूमाथि बलात्कार भएको घटना सार्वजनिक गरेकी छन्
समाचार

एक युवतीले ७ वर्षअघि आफूमाथि बलात्कार भएको घटना सार्वजनिक गरेकी छन्

  • सिधा दृष्टी आइतवार, जेष्ठ ८, २०७९ | May 22, 2022

काठमाडौं– गएको बुधबार साँझ एक युवतीले सौन्दर्य प्रतियोगिताको नाममा ८ वर्षअघि आफूमाथि बलात्कार भएको भन्दै भिडियो सार्वजनिक गरेसँगै त्यस्तै प्रकृतिका अन्य घटना पनि सार्वजनिक हुन थालेका छन्।

इटहरीमा एक युवतीले ७ वर्षअघि आफूमाथि बलात्कार भएको घटना सार्वजनिक गरेकी छन्। युवतीले ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलको कक्षा ९ मा पढ्दा आफूलाई सोही विद्यालयका प्रधानाध्यापकले बलात्कार गरेको घटना सार्वजनिक गरेकी हुन्।

फेसबुकमा पोस्ट गर्दै उनले प्रधानाध्यापक राज खड्काले आफूमाथि पटकपटक बलात्कार गरेको बताएकी छन्। पछिल्लो समय सौन्दर्य प्रतियोगितामा सहभागी एक

युवतीले आफूमाथि भएको बलात्कारको घटनाबारे बोलेसँगै आफूले पनि हिम्मत गरेर घटना सार्वजनिक गरेको उनले बताएकी छन्।

युवतीले आफू स्कुलको होस्टलमा बसेर अध्ययन गरिरहेको र त्यतिबेला आफ्नो छातीको समस्या भएको समेत उल्लेख गरेकी छन्। उनले भनेकी छन्, ‘छातीको समस्या भएकोले बुबाले उसको खातामा उपचारको लागि भनेर पैसा पठाइदिनु भएको थियो। उपचार गर्न अस्पताल लैजानुको साटो मलाई उसले सिधै होटलमा लग्यो। उसले मलाई खाना प्रस्ताव गर्यो तर मैले अस्वीकार गरेँ। म डराएको र पसिना बगिरहेको बेला उसले मलाई यता आऊ गर्मी हुँदैन भन्दै कोठामा पुर्यायो। त्यतिबेला म १५ वर्षको थिएँ। उसले कोठामा ताला लगायो र मलाई खाना खान भन्यो, मैले अस्वीकार गरें।म डराएको र पसिना बगिरहेको बेला उसले मलाई यता आऊ गर्मी हुँदैन भन्दै कोठामा पुर्यायो। त्यतिबेला म १५ वर्षको थिएँ। उसले कोठामा ताला लगायो र मलाई खाना खान भन्यो, मैले अस्वीकार गरें। त्यसपछि उसले मेरो स्कुलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्यो’

आफ्नै भिडियो देखाउँदै ब्ल्याकमेल गरेर ती प्रधानाध्यापकले बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, होस्टल रुम लगायतका ठाउँमा बलात्कार गरेको युवतीले उल्लेख गरेकी छन्।

युवतीले विद्यालय बिदाको दिनमा पनि आफूलाई प्रधानाध्यापकले घर जान नदिएर बलात्कार गरेको बताएकी छन्।

आफूले एसएलसी दिएर उक्त विद्यालयबाट बाहिरिएपछि घटनाबारे परिवारलाई भनेको र घटना कानुनी प्रक्रियामा गए पनि प्रधानाध्यापकलाई अझैसम्म कुनै सजाय नभएको युवतीले स्पष्ट पारेकी छन्।

घटना सार्वजनिक गर्ने ती युवतीका अनुसार आरोपी प्रधानाध्यापक अझै पनि एक विद्यालयको प्रधानाध्यापक नै रहेर काम गरिरहेको पाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय