शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्ता
मुख्य खबर

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्ता

  • सिधा दृष्टी आइतवार, जेष्ठ ८, २०७९ | May 22, 2022

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल-अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्।

तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेका उनका तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेकी हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय