धनगढी- कैलालीमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका-३ कुचौनीमा से१त ६८२७ नम्बरको ट्याक्टर र सुपप्र ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका हुन्।
दुर्घटनामा स्कुटर चालक लम्कीचुहा नगरपालिका-१ की ३० वर्षीया सविता कलेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
स्कुटरमा सवार लम्कीचुहा-७ की २५ वर्षीया जमूना सिंह घाइते भएकी र उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाल समय
ट्याक्टर चालक गौरीगंगा-७ का
२७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।