बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ
समाचार

आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ

  • सिधा दृष्टी शनिबार, जेष्ठ ७, २०७९ | May 21, 2022

काठमाडौँ — आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो । उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

युवतीले आफूमाथि बलात्कार भएको भन्दै टिकटक भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन् ।

यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय