शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौँको नागार्जुन नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ
समाचार

काठमाडौँको नागार्जुन नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ

  • सिधा दृष्टी शनिबार, जेष्ठ ७, २०७९ | May 21, 2022

काठमाडौँ — काठमाडौँको नागार्जुन नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ । उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अघिल्लो पटकका मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १० हजार १८६ मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दन हरि गौतमले ८ हजार ३६८ मत पाएका छन् ।

यस्तै राप्रपाका उम्मेदवार ध्रुव प्रसाद खनालले २ हजार ४६९ मत पाएका छन् । उपमेयरमा एमालेकी उम्मेदवरा सुशिला अधिकारी ९ हजार ४७४ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी राप्रपाकी कल्पना

नेपालीले २ हजार ७५३ मत पाइन् । कांग्रेससँग गठबन्धन गरेको नेकपा एकीकृत समाजवादीका कृष्णहरि खत्रीले २ हजार १२६ मत मात्रै प्राप्त गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय