सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी
समाचार

ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

  • सिधा दृष्टी शनिबार, जेष्ठ ७, २०७९ | May 21, 2022

काठमाडौँ – ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा हरि गोविन्द श्रेष्ठ र उपमेयरमा लक्ष्मी महर्जन विजयी भएका हुन् ।

मेयर उम्मेदवार हरि गोविन्द श्रेष्ठ ९ हजार ३५० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६५८ मत पाए । नेकपा एकीकृत समाजवादीका नकुल थापाले ३ हजार ८९१ र राप्रपाका प्रविण खत्रीले २ हजार ५९३ मत पाएका छन् ।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन ९

हजार ५९१ मतसहित विजयी भइन् । नेकपा एमालेकी उम्मेदवार विणा सुवेदीले ८ हजार ६८३ र राप्रपाकी उम्मेदवार रामदेवी महर्जनले २ हजार ६२४ मत पाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय