काठमाडौँ — आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।
‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा भेला भएर धर्ना दिएका हुन् ।बुधबार पीडित युवतीले सामाजिक सञ्जाल ईस्टाग्राम र टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले बेहोस हुने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् ।
पीडितको मनोबल कमजोर हुन नदिन र आरोपीलाई सजायको माग गर्दै सामाजिक सञ्जालमा शुक्रबार साँझ ‘अकुपाइ बालुवाटार’