काठमाडौँ — ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्मको वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यसपटक भने पराजित भएका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा ११ औं पटक वडा अध्यक्ष पदमा उनी स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका थिए । तर उनी यसपटक भने आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भए । ८१ वर्षीय नरसिंहले ५४३ मत पाउँदा उनका ४४ वर्षीय भतिज रविनमानले ८२५ मत ल्याउँदै वडा अध्यक्ष पद जिते । रविनमान नेपाली कांग्रेसका उम्मेदवार हुन् ।
नरसिंह भने