चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मा गठबन्धन बाट नेपाली कांग्रेस निर्वाचित भएका छन् । बैशाख ३० (२०७९) शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्धन बाट नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार अच्युत अधिकारी विजयी भएको हो ।
नेकपा एमालेका राम कृष्ण श्रेष्ठ सहित अन्य लाइ पराजित गर्दै विजयी भएको हो । चन्द्रागिरि ९ मा नेपाली काँग्रेस , एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो।
यस अघि एमाले का वडा अध्यक्ष देवन्द्र महर्जन थिए।