बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
समाचार

दाहालको अग्रता कायम नै छ

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ३, २०७९ | May 17, 2022

काठमाडौँ — चितवनको भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा ९माओवादी केन्द्र० की रेणु दाहाल र नेकपा ९एमाले० का उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ ।

दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा नम्बर ४ को गणना सकिँदा दाहालले ३० मतले अग्रता लिएकी हुन् । दाहालले ५ हजार ७१८ मत र सुवेदीले ५ हजार ६८८ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत प्राप्त गरेका छन्र्नु ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५

र राप्रपाका हिमला गुरुङले ४ हजार ६४५ मत प्राप्त गरेका छन्र ।

मंगलवार बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजा अनुसार‚ वडा नम्बर ४ को गणना सम्पन्न हुँदा कांग्रेसका अर्पण पोखरेल २ हजार ५३० मतका साथ विजयी भएका छन् । एमालेका उम्मेदवार भानुभक्त सापकोटाले १ हजार ६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गरेका छन् ।

वडा नम्बर ५ को मतगणना थालिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय