मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानमा आज दुई विमान अवतरण गरेको छ
समाचार

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानमा आज दुई विमान अवतरण गरेको छ

  • सिधा दृष्टी सोमवार, जेष्ठ २, २०७९ | May 16, 2022

काठमाडौँ – नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानमा आज दुई विमान अवतरण गरेको छ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका हुन् ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम (नेवानी)को पहिलो जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् । यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।

नेवानिले काठमाडौंबाट कमर्सियल उडान गरेको हो

। जजिराको जहाज भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय