मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रेणु दाहाललाई पछि पार्दै एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता
समाचार

रेणु दाहाललाई पछि पार्दै एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता

  • सिधा दृष्टी सोमवार, जेष्ठ २, २०७९ | May 16, 2022

काठमाडौँ – भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनलाई पछि पार्दै एमालेले अग्रता बनाएको छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहाललाई पछि पार्दै एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका हुन् ।

१० हजार ४०५ मत गणना हुँदा सुवेदीले ३६३३ मत प्राप्त गरेका छन् भने दाहालले ३६२९ मत पाएकी छन्। त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १३९७ मत पाएका छन्।

उपमेयरतर्फ सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ४११३ मत पाएका छन् भने एमालेको समर्थन पाएकी राप्रपाकी हिमला गुरुङले २८६१ मत

पाएकी छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय