काठमाडौं– भोजपुर नगरपालिका–३ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार मणिराज राई २ मत बढी ल्याएर एमालेका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन्।
कांग्रेसका राईले ४४२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लेखराज राईले ४४० मत प्राप्त गरे।
वडामा कांग्रेसले दुई खुला सदस्य पदमा जित निकालेको छ। एमालेले भने महिला वडा सदस्य र दलित महिला वडा सदस्य जितेको छ।