बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
समाचार

बालेन शाहको अग्रता कायमै

  • सिधा दृष्टी शनिबार, बैशाख ३१, २०७९ | May 14, 2022

काठमाडौँ – पाँच दलको गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै काठमाडौँ महानगरपालिकामा स्वतन्त्र मेयर बालेन शाहले अग्रता कायमै राखेका छन् ।

निर्वाचन आयोगले दिएको औपचारिक जानकारीअनुसार अहिलेसम्म ६८० मतगणना भएको छ । यद्यपी अनौपचारिकरुपमा १५ सय बढी मत गणना भएको बताइएको छ ।

आयोगले दिएको जानकारीअनुसार अहिलेसम्म ६८० मतमा बालेन शाहले २१६ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उमेदवार केशव स्थापितले १७९ मत प्राप्त गरेका छन् भने कांग्रेसकी सिर्जना सिंहले १४१ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्म वडा नम्बर

१, २ र ३२ को मतगणना भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय