सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ
समाचार

भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ

  • सिधा दृष्टी शनिबार, बैशाख ३१, २०७९ | May 14, 2022

काठमाडौँ — गहुँको मूल्यमा वृद्धि हुदैगएपछि भारतले तत्काल लागू हुने गरी गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ । सरकारी सूचनाअनुसार बढ्दो आन्तरिक मूल्यलाई नियन्त्रण गर्न भारतले तत्काल प्रभावबाट गहुँको निर्यातमा प्रतिबन्ध लगाएको हो । गहुँको भाउ बढेसँगै खुद्रा बजारमा पीठो महँगो भएको छ । खुद्रा बजारमा पिठोको औसत मूल्य प्रतिकिलो रु ३३.१४ भारु पुगेको छ । पछिल्लो एक वर्षमा पिठो १३ प्रतिशतले महँगो भएको छ । गत वर्ष वैशाख २९ गते प्रतिकिलो २९ रुपैयाँ ४० रुपैयाँ भारुमा पीठो उपलब्ध थियो ।

आगामी दिनमा गहुँको भाउ अझै बढ्ने अनुमान गरिएको छ । २०२१ र २२ रवि सिजनमा गहुँको उत्पादन घट्ने अनुमान छ । सरकारले नै उत्पादन अनुमान घटाएको छ । यस वर्ष गर्मी मौसम शुरु भएसँगै सरकारले ११ करोड ३२ लाख टनबाट उत्पादन हुने अनुमानलाई घटाएर १० करोड ५० लाख टन पुर्‍याएको छ । यो प्रतिबन्ध अघि वाणिज्य मन्त्री पियुष गोयलले चालु आर्थिक वर्षमा १०० देखि १२५ लाख टन गहुँ निर्यात हुने बताएका थिए । यस पटक गहुँ खरिद गर्ने देशहरूमा इजिप्टको नयाँ नाम छ। भारतले हाल ६९ देशमा गहुँ निर्यात गरिरहेको छ । आर्थिक वर्ष २०२१ र २२ मा भारतले ६९ देशमा ७८.५ लाख टन गहुँ निर्यात गरेको थियो । एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय