मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेशनल प्याब्सनले विद्यालयमा हप्तामा दुई दिन आइतबार समेत बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ
समाचार

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेशनल प्याब्सनले विद्यालयमा हप्तामा दुई दिन आइतबार समेत बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ

  • सिधा दृष्टी शनिबार, बैशाख ३१, २०७९ | May 14, 2022

काठमाडौँ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेशनल प्याब्सनले विद्यालयमा हप्तामा दुई दिन आइतबार समेत बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ । नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले शनिबार विज्ञप्ति जारी विभिन्न बन्द हडताल र कोभिड–१९ का कारण विगत दुई वर्षयता नियमित पठनपाठन नभई विद्यार्थीको सिकाइमा असर परेका कारण दूरगामी असर पर्ने गरी कुनै निर्णय नगर्न आग्रह गरेका हुन् । आफूहरुसँग परामर्श नगरी एकपक्षीय रुपमा आइतबार विद्यालयमा बिदा दिने निर्णय गरिएको गुनासो गर्दै शिक्षा ऐनमा

व्यवस्था भएको वार्षिक कार्यदिन र कार्यघण्टामा नकारात्मक असर पर्ने भएकाले अभिभावक, शिक्षक र विद्यार्थीमा अनावश्यक दबाब पर्ने गरी आइतबार विद्यालयमा बिदा दिने निर्णय फिर्ता गर्न माग विज्ञप्तिमा बताइएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय