शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कलाकार दीपकराज गिरीले मत परिणामलाई हेरेर बालेनले निर्वाचन जित्ने आँकलन गर्दै दुई ठुला दलमाथि कटाक्ष गरेका छन्
समाचार

कलाकार दीपकराज गिरीले मत परिणामलाई हेरेर बालेनले निर्वाचन जित्ने आँकलन गर्दै दुई ठुला दलमाथि कटाक्ष गरेका छन्

  • सिधा दृष्टी शनिबार, बैशाख ३१, २०७९ | May 14, 2022

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । सबैको सर्वाधिक चासोको केन्द्र रहेको महानगरपालिकाको अहिलेसम्मको नतिजामा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । उनलाई नेपाली काँग्रेसकी उम्मेदवार श्रृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् ।

बालेनको अग्रतालाई लिएर सामाजिक संजालमा विभिन्न अनुमान लगाउन थालिएको छ । धेरैले महानगरपालिकाको मेयरमा बालेन साह विजय हुने अनुमान गरेका छन् ।

यस्तैमा कलाकार दीपकराज गिरीले पनि महानगरपालिकाको अहिलेसम्मको मत परिणामलाई हेरेर बालेनले निर्वाचन जित्ने आँकलन गर्दै दुई ठुला दलमाथि कटाक्ष गरेका छन् ।

उनले लेखेका छन् ,‘प्रारम्भिक मतपरिणाम हेर्दा काठमाडौं महानगरपालिकामा एमाले र काँग्रेस मिलेर चुनाव लडेको भए बालेन साहलाई हराउन सक्ने रहेछन् ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय