मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मोहन बस्नेतको नगरपालिकामा कांग्रेस दोब्बर मतले अगाडि, सिन्धुपाल्चोकमा पनि खाता खुल्यो
समाचार

मोहन बस्नेतको नगरपालिकामा कांग्रेस दोब्बर मतले अगाडि, सिन्धुपाल्चोकमा पनि खाता खुल्यो

  • सिधा दृष्टी शनिबार, बैशाख ३१, २०७९ | May 14, 2022

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका आङ दोर्जे शेर्पा निर्वाचन भएका छन् ।

आइतबार बिहान सार्वजनिक भएको अनौपचारिक नतिजाअनुसार शेर्पाको पूरै प्यानल विजयी भएको छ । कांग्रेसका उम्मेदवारहरु एमालेका उम्मेदवारहरुभन्दा दोब्बर मतले विजयी भएका छन् ।

यो वडामा कांग्रेसबाट मेयर बालकृष्ण बस्नेत र उपमेयरमा मञ्जु तामाङ अत्याधिक मतसहित अग्रता लिएका छन् ।वडा नं. १ मा १२ सय मत गणना भएको थियो । वडा नं. २ मा पनि एमालेका उम्मेदवारहरु निकै पछाडि छन् ।

बाह्रबिसे

नगरपालिकाका मेयर एवम् एमालेका नेता निमफुन्चु शेर्पाको वडामा समेत कांग्रेसले जबरजस्त दोब्बर मतले अग्रताका साथ जित्ने तयारीमा छ ।बाह्रबिसे नगरपालिका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको घर रहेको नगरपालिका पर्छ । अघिल्लो पटक बाह्रबिसेमा एमालेले जितेको थियो । यस पटक एमालेले बाह्रबिसे नगरपालिका गुमाउँदै छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय