मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानल विजयी
समाचार

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानल विजयी

  • सिधा दृष्टी शनिबार, बैशाख ३१, २०७९ | May 14, 2022

काठमाडौँ- स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलले विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई १३२ मतले पछि पार्दै एमालेको प्यानल विजयी भएको हो ।

एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तुम्बाहाङ्फेले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी भएका हुन्। तुम्बाहाङ्फेले ४५६ मत प्राप्त गरेका थियो भने प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार लिम्बूले ३२४ मत प्राप्त गरेका थिए।

१३२ मतले लिम्बू पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै सदस्य पनि एमालेका उम्मेदवार विजयी भएसँगै

मेरिङदेनको ६ नं वडामा प्यानलनै एमाले पार्टीले विजयी प्राप्त गरेको हो ।

यस्तै अरु वडामा भने मतगणना कार्य जारी रहेको जनाइएको छ । गाउँपालिका अध्यक्षमा हालसम्म एमाले ३५४, कांग्रेस ३११, उपाध्यक्षमा एकीकृत समाजवादी पार्टीले २७० मत र स्वतन्त्र २४४ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका बाहेक आठ गाउँपालिकामा मतगणना सुरुभएको हो । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय