जीतपुर सिमरा उपमहानगरपालिकामा वडा नं २४ को मतगणना भइरहेको छ । मतगणनाअनुसार गठबन्धनका उम्मेदवार अग्रस्थानमा देखिएका छन् । १८ सय १६ खसेको मत मध्ये १२ सय १० मत गणना सकिएको छ ।
जसमध्ये गठबन्धनका प्रमुखका उम्मेदवार माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखका उम्मेदवार काँग्रेसकी मेघा शाहीले क्रमशः ५४३ र ५४३ मत ल्याएका छन् । दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का प्रमुख र उपप्रमुखका उम्मेदवार संजय कुमार साह र विपि मोक्तानले ४–४ सय मत ल्याएका छन्।