शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • ज्याकलिन फर्नान्डेजले नेपाल आउनको निम्ति अदालतमा अनुमति मागेकि छिन्
बलिउड / हलिउड

ज्याकलिन फर्नान्डेजले नेपाल आउनको निम्ति अदालतमा अनुमति मागेकि छिन्

  • सिधा दृष्टी बिहिबार, बैशाख २९, २०७९ | May 12, 2022

काठमाडौँ — बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले २०० करोड भारुको मनी लाउन्ड्रिङ मुद्दाको सामना गरिरहेकी छन् । प्रवर्तन निर्देशनालय ९ईडी०ले गत साता उनको ७ करोड भारु बराबरको सम्पत्ति पनि जफत गरेको छ । ईडीले यसअघि नै ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर पनि जारी गरेको छ । जसको कारण उनलाई विदेश जान समेत रोक लगाइएको छ । यस सिलसिलामा ज्याकलिनले १५ दिनको लागि विदेश जान माग गर्दै दिल्लीको एक अदालतमा निवेदन दिएकी छन् ।

न्युज एजेन्सी एएनआईका अनुसार नेपालमा दबङ रिलोडेड टुरको कार्यक्रममा

सहभागी हुन आउन ज्याकलिनले अनुमति मागेकी हुन् । साथै, अबुधाबीमा हुन लागेको आइफा फिल्म अवार्ड र फ्रान्सको भ्रमणको लागि पनि उनले अनुमति मागेकी छन् । जेठ १४ गते नेपालमा द ब्याङ रिलोडेड टुर हुँदैछ । सलमान खान नेतृत्वको उक्त कन्सर्टको एक सदस्य पनि हुन् ज्याकलिन । कन्सर्टको नेपाल आयोजक ओडीसी इन्टरटेनमेन्टले पनि ज्याकलिन नेपाल आउने वा नआउने कुराको टुंगो नलागेको जनाएको छ । तर नेपाल आउने भारतीय कलाकारको सूचीमा उनको पनि नाम छ ।

सुकेश चन्द्रशेखर नाममा एक व्यक्तिसँग मनी लाउन्ड्रि«ङ केसमा जोडिएपछि ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर जारी भएको थियो । पछिल्लो वर्ष उनलाई दुबई उड्न लागेको बेला मुम्बई विमानस्थलमा रोकिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले ज्याकलिनको याचिकाबारेको निर्णय मे २० मा सुनाउने भएको छ । अदालतको यो फैसलाले ज्याकलिन नेपालमा आउने वा नआउने कुरा टुंगो लाग्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय