शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ
समाचार

नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

  • सिधा दृष्टी बिहिबार, बैशाख २९, २०७९ | May 12, 2022

काठमाडौँ — नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट नेपालगञ्ज जाने क्रममा बास्तोलासहितको ३ जनालाई प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको एसपी सुरेश काफ्ले जानकारी दिएका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखेको छ ।

केहि दिन अगाडि मात्र बास्तोलाले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरेका छन् । बास्तोला उक्त पार्टीको संयोजक हुन् । बास्तोला नेतृत्वले पार्टीले निर्वाचन बहिष्कार गरेको छ भने विप्लव नेतृत्वले अघोषित

रुपमा निर्वाचनमा भाग लिएको छ । प्रहरीले निर्वाचन बहिस्कार गर्ने समूहलाई निगरानी गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय