शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • निजी विद्यालय सञ्चालकहरूले सरकारको दुई दिन बिदा दिने निर्णय शिक्षा क्षेत्रमा अव्यावहारिक भएको भन्दै नमान्ने जनाएका छन्
समाचार

निजी विद्यालय सञ्चालकहरूले सरकारको दुई दिन बिदा दिने निर्णय शिक्षा क्षेत्रमा अव्यावहारिक भएको भन्दै नमान्ने जनाएका छन्

  • सिधा दृष्टी बिहिबार, बैशाख २९, २०७९ | May 12, 2022

काठमाडौँ — निजी विद्यालय सञ्चालकहरूले सरकारको दुई दिन बिदा दिने निर्णय शिक्षा क्षेत्रमा अव्यावहारिक भएको भन्दै नमान्ने जनाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको दुई दिन बिदा दिनेबारे सरोकारवालासँगको छलफल कार्यक्रममा निजी शैक्षिक संस्थाहरूले दुई दिन बिदा नेपालको शैक्षिक क्षेत्रमा कार्यान्वयन गर्दा कक्षाकोठामा शिक्षण सिकाइमा नकरात्मक असर पएकाले नमान्ने स्पष्ट धारणा राखेको राष्ट्रिय निजी तथा आवासिय विद्यालय सञ्चालक नेपाल एनप्याब्सन का सहअध्यक्ष सुवास न्यौपानेले जनाए ।

एक शैक्षिक सत्रमा एक सय ८० दिन कक्षाकोठामा शिक्षण सिकाइ हुनुपर्छ

भने एक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खोल्नुपर्ने पाठ्यक्रमले तय गरेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सञ्चालक संघ हिसान का महासचिव लोकबहादुर भण्डारीले पनि सरकारी कार्यालयहरूमा दुई दिन बिदा सान्दर्भिक भए पनि शिक्षा क्षेत्रमा असान्दर्भिक भएको जनाए । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले छलफलमा दुई दिने बिदाबारे सरकारी विद्यालयको सन्दर्भमा कुनै आपत्ति नभएको जनाए । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारको निर्णय कसरी कार्यन्वयनतर्फ लैजानेबारे मन्त्रालयमा सरोकारवालाबीच छलफल भएको जनाउँदै उनले अर्को बैठकमा निष्कर्ष निकालिने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय