काठमाडौँ — स्थानीय तह निर्वाचनको दिन शुक्रबार मुलुकभरका सिनेमा हल बन्द हुने भएका छन् भने बिहीबार आंशिक बन्द रहने भएका छन् । बिहीबार अपरान्हसम्म मात्र हलहरुमा शो राखिएका छन् । क्यूएफएक्सले विज्ञप्ति जारी गर्दै बिहीबार ३ बजेसम्म मात्र फिल्म देखाइने जनाएको छ भने चुनावको दिन ३० गते मुलुकभरका आउटलेट बन्द रहने जानकारी दिएको छ ।
बिग मुभिजका म्यानेजर दीपेश शर्माले पनि बिहीबार आंशिक र मतदानको दिन पूर्ण रुपमा हल बन्द हुने बताए । चुनावको भोलिपल्ट अर्थात् वैशाख ३१ गते शनिबार
मात्र हलहरु खुल्ने जनाइएको छ ।