शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • विद्यालय आज बुधबारबाट ६ दिन सम्म बन्द
समाचार

विद्यालय आज बुधबारबाट ६ दिन सम्म बन्द

  • सिधा दृष्टी बुधबार, बैशाख २८, २०७९ | May 11, 2022

काठमाडौँ — सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो । शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो । शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले आजबाट सबै विद्यालय बन्द हुने जानकारी दिए। उनले भनेुआधाभन्दा बढी विद्यालयमा मतदान केन्द्र छन् ।

बाँकी रहेका विद्यालयका शिक्षक मतदान गर्न आफ्नो जिल्ला जानुपर्ने र केही

शिक्षक मतदान केन्द्रमा खटिनुपर्ने भएकाले आजबाट बिदा हुने भएको हो । हाल देशभर करिब २७ हजार सामुदायिक विद्यालय छन् । करिब ८ हजार निजी विद्यालय छन् । सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन् । सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ । यस्तै वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सवैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय