शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • इजरायलमा गोली हानी एक पत्रकारको हत्या गरेको छ
समाचार

इजरायलमा गोली हानी एक पत्रकारको हत्या गरेको छ

  • सिधा दृष्टी बुधबार, बैशाख २८, २०७९ | May 11, 2022

काठमाडौँ —अल–जजीराकी एक पत्रकारलाई बुधबार बिहान इजराइली बलले ओगटेको वेस्ट बैंक सहर जेनिनमा इजरायली आक्रमणबारे समाचार कभर गर्ने क्रममा गोली हानी हत्या गरिएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो । अरबी भाषा च्यानलका लागि प्रसिद्ध प्यालेस्टिनी रिपोर्टर शिरिन अबू अक्लेहलाई गोली हानिएको र लगत्तै उनको मृत्यु भएको बताइएको छ ।

जेरुसेलममा रहेको अल–कुड्स अखबारका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ । स्वास्थ्य मन्त्रालयले पत्रकारहरू इजरायली गोलीबारीबाट प्रभावित भएको बताएको

छ । सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन । एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय