शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बैँक / वित्त
  • बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै रु ३७ लाख जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ
बैँक / वित्त

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै रु ३७ लाख जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ

  • सिधा दृष्टी मङ्लबार, बैशाख २७, २०७९ | May 10, 2022

काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै रु ३७ लाख जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंँकिङ कसुरमा काठमाडौँ महानगरपालिका– ८ का ५० वर्षीय रामसुन्दर डङ्गोललाई पक्राउ गरेको हो।
उनले विसं २०७७ मा कैलाश विकास बैंक लिमिटेडमा रहेको बैंक खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए। उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको उनी विरुद्ध

मुद्दा परेको थियो। बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा उच्च अदालत पाटनको यही ४ गतेको फैसलाले डङ्गोललाई ७ दिन कैद र रु ३६ लाख ७५ हजार जरिवाना हुने ठहर गरेकोको थियो।
फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा सोमबार काठमाडौंको पिङ्गलास्थानबाट पक्राउ गरेको थियो। उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कलम थापाले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय