शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • खेलाडी सञ्जु चौधरीको शव बर्दिया लगिने भएको छ
मुख्य खबर

खेलाडी सञ्जु चौधरीको शव बर्दिया लगिने भएको छ

  • सिधा दृष्टी मङ्लबार, बैशाख २७, २०७९ | May 10, 2022

काठमाडौँ — मंगलबार निधन भएकी भारोत्तोलन खेलाडी सञ्जु चौधरीको शव बर्दिया लगिने भएको छ । राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरेपछि अन्तिम संस्कारका लागि उनको शव गृहजिल्ला बर्दिया लैजान लागिएको हो । उनको परिवारलाई काठमाडौंमै आउन भनिएको तर गृहजिल्लामै अन्तिम संस्कार गर्ने इच्छा व्यक्त गरेका कारण बर्दियादर्फ पठाउन लागिएको नेपाल भारोत्तोलन संघले जनाएको छ ।

मंगलबार राखेपमा चौधरीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न प्रतिनिधिसभाका सदस्य एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल

घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाएका थिए । यस्तै राखेपका विभागीय प्रमुख, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, कर्मचारी, खेलाडी तथा खेलकर्मीहरुले स्व चौधरीको सवमा अविर तथा फुलमालाले श्रद्धान्जली ब्यक्त गरेका थिए ।

प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सञ्जुले सोमबार राति सोही घरको भुइँतलाको कोठामा सलको पासो लगाएर ‘आत्महत्या’ गरेकी हुन् । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पाटन अस्पताल पुर्‍याएको छ । ६ महिनाअघि नेपाल प्रहरीको जागीर छाडेर बसेकी सञ्जु एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीमा छानिएकी थिइन् । १३औं सागमा स्वर्ण जित्ने पहिलो महिला भारत्तोलन खेलाडीको कीर्तिमान राखेकी उनको लक्ष्य एसियाली खेलकुदमा शीर्ष पाँचभित्र पर्ने थियो । अर्थात्, उनी आफ्नो करिअरमा सकारात्मक थिइन्, एसियाड सफलताको लक्ष्य निर्धारण गरेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय