शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • जङ्गलमा एक महिलाको शव फेला परेको छ
समाचार

जङ्गलमा एक महिलाको शव फेला परेको छ

  • सिधा दृष्टी मङ्लबार, बैशाख २७, २०७९ | May 10, 2022

रुकुम(पूर्व)- रुकुम(पूर्व) मा एक महिलाको शव फेला परेको छ। पुथाउत्तरगङ्गा गाउँपालिका-११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो।

सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए। शव परीक्षणका लागि रुकुम(पूर्व) अस्पताल ल्याइँदैछ।

शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय