आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मोडेल ग्यालरी
  • यूएन पार्कमा खुलेकी प्रतिक्षा
मोडेल ग्यालरी

यूएन पार्कमा खुलेकी प्रतिक्षा

  • सिधा दृष्टी मङ्लबार, बैशाख २७, २०७९ | May 10, 2022

प्रतीक्षा सेञ्चुरी काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा स्नातक गर्दैछिन् । उनी भविष्यमा मेकअप आर्टिस्ट बन्न चाहन्छिन् ।
२३ वर्षीया प्रतीक्षालाई मोडलिङमा पनि उत्तिकै रुचि छ । ‘मोडलिङमा नै करिअर बनाउने सोच होइन,’ प्रतीक्षा भन्छिन्, ‘तर, फोटोसूट गर्न रहर लाग्छ ।’ उनले कुनै म्युजिक भिडियोमा खेलेकी छैनन् ।

प्रतीक्षालाई फोटोसूटका साथै घुमफिरमा बढी रुचि छ । उनलाई बेपर्वाह घुम्न मन लाग्छ । प्रतीक्षा भन्छिन् ।

यसैगरी संगीतमा पनि उनको गहिरो

लगाव छ । प्रायः गीत–संगीत सुनिरहेकी हुन्छिन् । प्रतीक्षालाई नेपाली आधुनिक गीत र हिन्दी गीतहरु बढी मन पर्छ । अक्सर पुराना गीतहरु सुन्ने उनी बताउँछिन् । पुस्तक पढ्नमा भने उनलाई उस्तो रुचि छैन, खासगरी साहित्यिक । ‘पढ्नमा म अलि अल्छी छु,’ प्रतीक्षा भन्छिन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय