आइतवार, जेष्ठ ८, २०७९ | Sunday 22nd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन्
मुख्य खबर

मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन्

  • सिधा दृष्टी सोमवार, बैशाख २६, २०७९ | May 9, 2022

काठमाडौँ — स्याङ्जाको हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन् । आज बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयवासीले धपाउन खोज्दा एक्कासि मान्छेमाथि आक्रमण गरेको स्थानीयवासी रेशम गोतामेले बताउनुभयो । घर नजिकै पातीको झ््याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीयवासी दुर्गाबहादुर गोतामेलाई आक्रमण गरेको उहाँले बताउनुभयो । मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयवासीले काठको दाउराले टाउकामा हानेर मारेका हुन् ।

चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोक बस्ने ४३ वर्षीय दुर्गाबहादुर गोतामे घाइते हुनुभएको छ । आफ्नो ज्यानको सुरक्षा गर्नेक्रममा गोतामेको कान,

टाउको र हातमा चोट लागेको छ । उहाँलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भीमाद लगिएको छ । मान्छेलाई आक्रमण गर्ने चितुवा मरेपछि प्रहरी र इलाका वन कार्यालय बिरुवाका वन अधिकृत हरिबहादुर थापा घटनास्थलमा पुगेर कागजी प्रक्रिया पूरा गरी चितुवालाई डिभिजन वन कार्यालय स्याङ्जा ल्याउने तयारी गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय