तीन वटा रूसी टेलिभिजन स्टेशनसँगै अमेरिकाले रूस र बेलारूसका २६ सय नागरिकमाथि भिसा प्रतिबन्ध लगाएको छ। यस्तै रूसी वित्तीय संस्था ग्याजप्रम बैंकका अधिकारीमाथिसमेत अमेरिकाले रोक लगाएको छ । अमेरिकाले रूसमाथि थप प्रतिबन्ध लगाएकै दिन अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जील बाइडेनले युक्रेनी समकक्षी ओलेना जेलेन्स्कीसँग युक्रेनमै भेट गरेकी छिन्। युक्रेनको सीमावर्ती शहर उज्होरेडस्थित एक विद्यालयमा उनीहरूबीच भेट भएको हो ।
अमेरिकी र युक्रेनी राष्ट्रपतिका पत्नीबीच युक्रेनको सीमावर्ती शहर उज्होरेडस्थित विस्थापितका लागि अस्थायी आश्रयस्थल बनाइएको विद्यालयमा भेट भएको बताइएको छ ।
भेटमा जीलले संयुक्त राज्य अमेरिकाका जनता युक्रेनको साथमा रहेको दोहो¥याएकी थिइन । यसैबीच, यसैबीच, औद्योगिक राष्ट्रहरूको समूह जी–सेभेनका नेताहरूले रूसी तेललाई चरणबद्ध रूपमा प्रतिबन्ध लगाउन कटिबद्ध भएको बताएका छन् ।