मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • हामीले चाह्यौ भने गठबन्धन ढल्न एक हप्ता पनि लाग्दैन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
समाचार

हामीले चाह्यौ भने गठबन्धन ढल्न एक हप्ता पनि लाग्दैन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

  • सिधा दृष्टी आइतवार, बैशाख २५, २०७९ | May 8, 2022

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले चाहे वर्तमान सत्ता गठबन्धन ढल्न एकहप्ता पनि नलाग्ने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन् । ‘हामीले चाह्यौ भने गठबन्धन ढल्न एक हप्ता पनि लाग्दैन । एक हप्तामा त ढल्छ ढल्छ’, ओलीको भनाइ छ । उनले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिने पनि बताए ।

साथै उनले यो कुरा आफुले नभनेर ज्योतिषीहरूले नै घोषणा गरेको बताएका छन् । ‘मैले भनेको मेरो कुरा होइन,

मैले ज्योतिषीहरूले भनेको कुरा गरेको हुँ’, ओलीले ग्रह दशा हेर्ने र राजनीति हेर्ने दुइथरी ज्योतिषी हुने भन्दै भने, ‘अहिले दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडी महासंकट उत्पन्न हुँदैछ भन्छन् ।’ उनले नभए प्रधानमन्त्रीको आफ्ना ज्योतिषीहरूलाई सोध्न पनि आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय