काठमाडौँ – काठमाडौँ महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापित र बालेन शाहले एक अर्कालाई शुभकामना दिएको छ । नेकपा एमालेबाट मेयरमा उठेका स्थापित र स्वतन्त्रबाट उठेका शाहबीच घरदैलो कार्यक्रममा शान्तिनगर क्षेत्रमा जम्काभेट हुँदा अंकमाल गर्दै जितका लागि शुभकामन आदानप्रदान गरेका हुन् ।
चुनावी प्रचारप्रसारका क्रममा भएका कार्यक्रममा स्थापित बालेनप्रति आक्रमक देखिने गरेका थिए। केही दिनअघि स्थापितले बालेनलाई आफ्नो परिचय लुकाएर भोट माग्ने भन्दै अन्तर्राष्ट्रिय ठग भएको आरोप लगाएका थिए। स्थापितका अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले उनलाई स्पष्टीकरणसमेत सोधेको थियो।
त्यस्तै बालेनले