सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई स्पष्टीकरणको जवाफ पेश गर्न निर्देशन
समाचार

निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई स्पष्टीकरणको जवाफ पेश गर्न निर्देशन

  • सिधा दृष्टी आइतवार, बैशाख २५, २०७९ | May 8, 2022

काठमाडौँ – निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न निर्देशन दिएको छ ।

“तपाईंले प्रदेश सरकारको मुख्यमन्त्रीले सरकारी स्रोतको प्रयोग गरी गठबन्धनको चुनावी सभामा सहभागी हुनु निर्वाचन आचारसंहिताविपरीत हो/होइन ?” आयोगको स्पष्टीकरणपत्रमा भनिएको छ, “यदि, तपाईं गठबन्धनको चुनावी सभामा सहभागी हनुभएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा किन कारबाही हुनु नपर्ने हो, तीन दिनभित्र आयोगमा प्राप्त हुने गरी जवाफ पेस गर्नुहुन अनुरोध छ ।”

आयोगले निर्वाचन आचारसंहिता, २०७८

को दफा ५ को खण्ड (क) अनुसार मुख्यमन्त्री वा मन्त्रीले आफैँ उमेदवार भएको अवस्थामा बाहेक राजनीतिक दल वा उमेदवारको पक्ष/विपक्षमा प्रचारप्रसार गर्न नहुने स्मरण पनि गराएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय