बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • उपाध्यक्ष पदकी उम्मेदवार लालचनले राप्रपाको चुनाव चिन्ह हलो बोकेर जनताको घरदैलो पुगेकी छिन्
समाचार

उपाध्यक्ष पदकी उम्मेदवार लालचनले राप्रपाको चुनाव चिन्ह हलो बोकेर जनताको घरदैलो पुगेकी छिन्

  • सिधा दृष्टी शनिबार, बैशाख २४, २०७९ | May 7, 2022

काठमाडौँ — बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुस्ताङमा राजनीतिक पार्टीको घरदैलो अभियान अन्तिम चरणमा पुग्दैछ । मुस्ताङको ५ स्थानीय तहको सबै स्थानमा कांग्रेस र एमालेले उम्मेदवार उठाउँदा राप्रपाले भने एक उपाध्यक्ष, दुई वडाध्यक्ष र २ वडासदस्य उठाएको छ । त्यसमध्ये राप्रपाको तर्फबाट २ वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

थासाङ—२ र घरपझोङ—४ मा राप्रपाले वडाध्यक्ष पदमा उम्मेदवारी दिँदा घरपझोङ गाउँपालिकाको उपाध्यक्षमा राप्रपाले घरपझोङ—२ मार्फाकी कमला लालचन अधिकारीले उपाध्यक्ष पदमा उम्मेदवार बनाएको छ। संघीयतापछि राप्रपाले पहिलो पटक

घरपझोङमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हो ।

राप्रपाकोतर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी कमला लालचन अधिकारी यतिबेला घरपझोङको—५ वटै वडाहरुमा पुगेर जनता समक्ष भोटको अपिल गरिरहेकी छिन्। उपाध्यक्ष पदकी उम्मेदवार लालचनले राप्रपाको चुनाव चिन्ह हलो बोकेर जनताको घरदैलो पुगेकी छिन् । उनले हलो चिन्हले नै जनता र देशको भलो गर्ने भएकाले हलो चिन्हमा मतदान गर्न मतदातासंग अनुरोध गरेकी छिन् । उनले राप्रपाले नै देशको समृद्ध र आर्थिक विकासका लागि उपयुक्त निकास दिनसक्ने भएकाले राप्रपा पार्टीको उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय