शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • संसद विघटन गरेर जनमतको अपमान गर्नेहरुलाई चुनावबाटै जवाफ दिने : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
समाचार

संसद विघटन गरेर जनमतको अपमान गर्नेहरुलाई चुनावबाटै जवाफ दिने : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

  • सिधा दृष्टी शनिबार, बैशाख २४, २०७९ | May 7, 2022

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक पटक संसद विघटन गरेर जनमतको अपमान गर्नेहरुलाई नागरिकले चुनावबाटै जवाफ दिने दाबी गर्नुभएको छ । बुटवलमा भएको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विगतमा नागरिकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाई मत दिएको तर केपी शर्मा ओलीले जनमतको अपमान गर्दै २ पटकसम्म संसद विघटन गरेको आरोप लगाउनुभयो । प्रतिपक्षीले विरोध गर्नासाथ संसद भङ्ग गर्ने प्रवृत्तिलाई नागरिकले चुनावबाटै जवाफ दिएर हराइदिने देउवाको दाबी छ ।

‘अहिलेको संविधानले रहरका आधारमा, लहडका आधारमा जथाभावी संसद

भङ्ग गर्नै पाउँदैन । ओलीजी पार्लियामेन्ट चल्न नि नदिने, भङ्ग गरेको गर्‍यै गर्ने, उहाँँको पार्टीलाई जिताएर के गर्ने देउवाले भन्नुभयो । ओलीको प्रतिगमनलाई परास्त गर्न पाँच दल मिलेको जिकिर गर्दै लोकतन्त्रको रक्षा गठबन्धनले मात्रै गर्ने बताउनुभयो । आफ्नो नेतृत्वमा सरकार बनेपछि नागरिकले स्वतन्त्र महसुस गरेको, सुकुम्बासीले जग्गा पाएको, सबैलाई कोरोनाविरुद्धको खोप दिएको, विकास निर्माणले गति लिएको लगायतका थुप्रै काम भएको देउवाको दाबी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय