मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले आपतकाल घोषणा गरे
समाचार

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले आपतकाल घोषणा गरे

  • सिधा दृष्टी शनिबार, बैशाख २४, २०७९ | May 7, 2022

काठमाडौँ — श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकार विरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए ।

देशको आर्थिक आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए । श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले फेरि अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र

अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ । सन् १९४८ मा स्वतन्त्रपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय