राष्काेट ५ मा दीपराज शाही भिड्दै।यस्ताे छ जिताउनै पर्ने कारण कालिकोट जिल्लाकाे रास्काेट नगरपालिकामा नेपाली कांग्रेसका निष्कलंक युवा दिपराज शाही वडा अध्यक्षमा लडेका छन्। दिपराज शाही कुनैपनि भ्रष्टाचार तथा बेथितिजन्य कार्यमा संलग्न नभएकाे र निम्न स्तरका जनताले भराेसा गर्नुका साथै अन्याय र अत्याचारको बिरुद्धमा अनबरत रुपमा आवाज उठाउदै लाेकपृय युवाकाे रुपमा आफ्नो पहिचान बनाएका छन् भने माओवादीबाट र एमालेबाट एकपटक टेस्टेड भैसकेका उम्मेदवारहरु लड्दा जनताले दिपराज शाहीलाई नै रुचाएका छन्।माओवादीबाट अध्यक्ष लडेका उम्मेदवार कार्यपालिकाकाे सदस्य भएर मेयरकाे नजिकमा रहि भ्रष्टाचार
गरेको र आफ्ना नातागोता काेहिपनि बाकि नराखि सेटल गरेकाे र पद र पहुचमा रहि अकुत सम्पति आर्जित गरेकाले जनताले मन नपराएकाे कुरा कांग्रेस नेता जन्या सार्कीले बताएका छन्।
त्यस्तै एमाले बाट लडेका उम्मेदवार नरजंग शाही पनि अघिल्लो कार्यकाल अध्यक्ष भएर बेथिति मच्चाएको,उपभोक्ताबादि साेचमा आफ्नै भाईभतिजा लाई मात्रै उपभोक्ता बनाएर कराेडाै कुम्ल्याएकाे र सिफारिस दिन समेत कमिसन माग्ने गरेकाे हरिसले बताएका छन्।त्यस्तै स्वतन्त्र उम्मेदवारहरुले पनि प्रतिस्पर्धा गरेकाे ५ नम्बर वडामा स्वतन्त्र उम्मेदवार हरुलेपनि दिपराज शाहीलाई नै समर्थन गर्ने देखिएकाे छ।राष्काेट नगरपालिकाकाे ५ नम्बर वडा नगरपालिकाकाे सेन्टर भएकाले क्षमताबान,निष्कलंक र वडाकाे हकहितका लागि लड्न सक्ने युवा भएकोले दिपराज शाही जित्नैपर्ने कुरा धामी हस्त राेकायाले बताएका छन्।