बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मेयर उम्मेदवार सिर्जना सिंहले आफू महानगर प्रमुख भएको अवस्थामा मतदाताको शीर निहुरिन नदिने प्रतिबद्धता जनाएकी छन्
समाचार

मेयर उम्मेदवार सिर्जना सिंहले आफू महानगर प्रमुख भएको अवस्थामा मतदाताको शीर निहुरिन नदिने प्रतिबद्धता जनाएकी छन्

  • सिधा दृष्टी शुक्रबार, बैशाख २३, २०७९ | May 6, 2022

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार सिर्जना सिंहले आफू महानगर प्रमुख भएको अवस्थामा मतदाताको शीर निहुरिन नदिने प्रतिबद्धता जनाएकी छन् । काठमाडौंमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले पार्टीको घोषणापत्र र आफ्नो संकल्प पत्रलाई आधार मानेर आफू अघि बढ्ने बताइन् । उनले महिला आन्दोलनका लागि आफ्नो उम्मेदवारी गौरवपूर्ण रहेको पनि बताइन् । आफू मेयर भइसकेपछि काठमाडौं महानगरलाई भ्रष्टाचारमुक्त बनाउने, डिजिटल प्रविधि अपनाएर घरबाटै सेवा लिन सक्ने बनाउने उनको भनाइ छ ।

काठमाडौं महानगरमा ट्राफिक जाम, फोहोर समस्या

विकराल बन्दै गएको भन्दै तिनलाई समाधानका लागि पहल गर्ने उनले बताइन् । महानगरका महिलालाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने, विदुर पुरुषका लागि पनि विशेष राहत प्याकेज ल्याउने उनले प्रतिबद्धता जनाइन् । उनले महिलाले उत्पादन गरेका वस्तुलाई प्रत्येक वडामा कोसेली घर बनाएर बजारको व्यवस्थापन गर्ने, युवा वर्गका लागि विशेष योजना बनाउने बताइन् ।

‘प्रत्येक वडामा ज्येष्ठ नागरिक भवन बनाएर ज्येष्ठ नागरिकका लागि दिनचर्या कटाउन सहज बनाउने छु,’ उनले भनिन्, ‘७७ जिल्लाकै बासिन्दा बसोबास गर्ने सहर हो यो । काठमाडौंको आफ्नै मौलिक परम्परा छ । त्यसलाई उजागर गर्न सधैँ ध्यान दिनेछु । विश्व सम्पदा सूचीमा परेको सहर हो यो । ऐतिहासिक सभ्यताका यस्ता सहरलाई पर्यटकीय स्थल बनाउन सकेका छैनौं, काठमाडौंलाई विश्वकै पर्यटकीय सहर बनाउने छु ।’ उनले काठमाडौंमा २४ सै घण्टा खोल्ने बजारको व्यवस्था गर्ने पनि बताइन् । उनले सार्वजनिक तथा खुला ठाउँमा निःशुल्क खानेपानीको व्यवस्था गर्ने पनि बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय