शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते
समाचार

जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते

  • सिधा दृष्टी शुक्रबार, बैशाख २३, २०७९ | May 6, 2022

काठमाडौं- पाल्पाको तिनाउ गाउँपालिका-५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु १ च ७७८० नम्बरको जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका-३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा निस्दी गाउँपालिका-४ का चालक २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका-३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छन्।

श्रेष्ठको अवस्था गम्भीर

छ भने खाम्चाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते दुवैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। जिप सडकमा अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय