शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गोली प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ
समाचार

गोली प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ

  • सिधा दृष्टी शुक्रबार, बैशाख २३, २०७९ | May 6, 2022

वीरगन्ज- पर्साको सखुवाप्रसौनी गाउँपालिका-१ स्थित औराहा निवासी मंगलबहादुर भ्लोनको घर बाहिर गोली प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार राति करिब साढे ९ बजेतिर भ्लोनको घरबाहिर गोली प्रहार भएको थियो। बाँसको टाटीमा माटोले लिपेको बेरा भएको भ्लोनको घरको पश्चिमपट्टिको बेराबाट गोली प्रवेश गरी घरभित्र रहेको चामलको बोराभित्र एक राउन्ड गोली फेला परेको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा सोही वडा निवासी २७ वर्षीय सल्टु महतोको संलग्नता रहेको खुलेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

घरबाट भाग्ने

क्रममा औराहा निवासी महतोलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको डीएसपी खनालले बताए। महतोले घरनजिकै खाली जमिनमा रहेको नालामा लुकाइछिपाइ राखेको १२ बोरको एक नाले घरेलु बन्दुकसमेत बरामद गरिएको प्रहरीको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय