शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
समाचार

सुनको मूल्यमा गिरावट

  • सिधा दृष्टी शुक्रबार, बैशाख २३, २०७९ | May 6, 2022

काठमाडौँ — साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले सस्तो भएको छ । हिजो बिहीबार एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज ९८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । हिजो बिहिबार ९८ हजार ६ सय रुपैयाँमा छापावाल र ९८ हजार एक सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै, आज सेतो धातु चाँदीको मूल्य तोलामा २५

रुपैयाँले घटेको छ । हिजो बिहीबार तोलामा १५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ तोलामा खरिद बिक्री भएको चाँदीको मुल्य आजको खरिद बिक्री मूल्य १२ सय ८० रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय