शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सत्ता गठबन्धनले आज काठमाडौं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ
समाचार

सत्ता गठबन्धनले आज काठमाडौं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ

  • सिधा दृष्टी शुक्रबार, बैशाख २३, २०७९ | May 6, 2022

काठमाडौँ — सत्ता गठबन्धनले आज (शुक्रबार) काठमाडौं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ । बिहीबार मात्र भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

काठमाडौं महानगरपालिकामा गठबन्धनबाट काँग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि काँग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् । बिहीबार भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका

गठबन्धनका नेताहरुले आज काठमाडौंमा सभा गर्न लागेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय