ओखलढुंगा- चट्याङ लागेर ओखलढुङ्गामा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा लिखु गाउँपालिका–८ टार केराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जी रहेका छन्।
उनको बुझबार साँझ चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घाइते भएका थिए।
उनीहरू अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गामनाङटारबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाएको थियो।
उपचारको क्रममा देवबहादुर
दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ। मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ।